नेसपा (नयाँ शक्ति) पार्टीले गर्यो आतङ्कवादी हमलाको भर्त्सना, आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत मङ्गलबार (२२ अप्रिल) मा पहलगाममा भएको आतङ्कवादी हमलाको भर्त्सना गरेको छ ।
उक्त घटनामा नेपाली नागरिक सुदिप न्यौपाने सहित दुई दर्जनभन्दा बढी निर्दोष पर्यटकहरूको ज्यान गएको थियो । बिहीबार जारी विज्ञप्तिमा जुनसुकै प्रकृतिको आतङ्कवाद विरुद्धका सङ्घर्षमा ऐक्यबद्धता जनाएको छ ।
‘भारत र पाकिस्तानबिच बढ्दो तनाव गम्भीर चासोको विषय हो र यसले दक्षिण एसियाको दीर्घकालीन शान्तिमा खतरा उत्पन्न गरिरहेको छ,नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ,हामी हाम्रा दुवै मित्र राष्ट्रहरू तथा सार्क सदस्यहरू भारत र पाकिस्तान—लाई अधिकतम संयम अपनाउन र आपसी समस्यालाई सैन्य बलबाट नभई कूटनीतिक प्रयास तथा शान्तिपूर्ण माध्यमद्वारा समाधान खोज्न विशेष अपिल गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण