आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
काठमाडौँ । भारत–पाकिस्तानबिच तनाव बढ्दै जाँदा भारत सरकारले सामाजिक सञ्जाल एक्सका आठ हजारभन्दा धेरै अकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ ।
भारत सरकारले पाकिस्तानी राजनेताहरू, सेलिब्रेटीहरू तथा मिडिया संगठनका सामाजिक सञ्जाल अकाउन्टहरूलाई भारतमा प्रतिबन्ध लगाइरहेको छ । एक्सका अकाउन्ट ब्लक गर्ने भारत सरकारको निर्देशनलाई पनि यसै रणनीतिको हिस्साका रूपमा हेरिएको छ ।
भारत–पाकिस्तानबिच तनाव बढेसँगै सरकारले सामाजिक सञ्जाललाई मसिनो गरी निगरानी गरिरहेको छ । एक्सका अनुसार, भारत सरकारले जुन–जुन अकाउन्टहरू ब्लक गर्न निर्देशन दिएको छ, त्यसमा अन्तर्राष्ट्रिय मिडिया तथा प्रमुख प्रयोगकर्ता पनि छन् । यसभन्दा अघि मेटाले इन्स्टाग्राममा रहेको एउटा प्रमुख मुस्लिम समाचार पेजलाई भारत सरकारको निर्देशनमा ब्लक गरेको थियो ।
एक्सको ग्लोबल गभर्मेन्ट अफेयर्स टिमले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारत सरकारका तर्फबाट एक्सलाई भर्खरै प्राप्त कार्यकारी आदेशमा आठ हजारभन्दा धेरै अकाउन्ट बन्द गर्ने निर्देशन दिइएको छ । यस्तो नगरेमा कम्पनीलाई सजाय स्वरूप ठुलो जरिमाना तोकिने वा कम्पनीका स्थानीय कर्मचारीलाई गिरफ्तार गरिने उल्लेख छ ।’
एक्सले जारी गरेको आफ्नो विज्ञप्तिमा– ती अकाउन्टहरूका कुन पोस्टले भारत सरकारको कुन कानुन उल्लघंन गरेका हुन भन्ने स्पष्ट जवाफ र प्रमाण सरकारले केही पनि उपलब्ध गराएको छैन ।
एक्सका अनुसार कम्पनी भारत सरकारको मागसँग असहमत छ तर उसले ती अकाउन्टहरू भारतमा ब्लक गर्ने प्रक्रिया थालिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण