आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

फ्राइडे रिलिज : भिड्दै ‘ऊनको स्वीटर’ र ‘जार’

शुक्रबार, २६ वैशाख २०८२, १० : १८
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म हुन्, ‘ऊनको स्वीटर’ र ‘जार’ । देशभर एकसाथ प्रदर्शनमा आएका यी दुवै फिल्मका विषयवस्तु भने फरक छन् । 

‘ऊनको स्वीटर’ प्रेमकथामा बनेको फिल्म हो, भने ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जार’मा आधारित रहेर निर्माण भएको छ । दुवै फिल्मले दर्शक रिझाउने निर्माण युनिटको दाबी छ ।

‘जार’ 
फुर्वा छिरिङ लामा निर्देशित ‘जार’मा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापाको मुख्य अभिनय छ ।  फिल्मको सम्पूर्ण छायाङ्कन सिक्किममा गरिएको हो । फिल्ममा केही कलाकार र प्राविधिक टिम भारतबाट नै छन् ।

होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्ने बताइन्छ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ । 

‘ऊनको स्वीटर’ 
नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय छ ।

आर्टमाण्डू प्रा.लिले निर्माण गरेको यो पहिलो फिचर फिल्म हो । ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक प्रेमकथा बताइन्छ । फिल्मको लेखन समेत निर्देशन चौहानले गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप