प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्।
राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रस्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन् ।
विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालीन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रूपमा आफूले महसुस गरेको पौडेलले बताए ।
राष्ट्रपति पौडेलले राजनीतिमा भन्दा अगाडि नै सञ्जय थापाका नामबाट प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसकेका नेपाललाई विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने एक इमानदार र निष्ठानवान वामपन्थी भएको बताए
राष्ट्रपति पौडेलले समवेदनामा भनेका छन्– ‘उहाँका ‘नओइलाउने फुल’ (उपन्यास), ‘आकाश गंगाको तीरैतिर’ (उपन्यास), ‘देउमाइको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण) सहितका सृजनाहरू भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले उनको निधनले लोकतान्त्रिक आन्दोलन तथा नेपाली साहित्यको क्षेत्रमा क्षति पुगेको आफूले महसुस गरेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार नेपालको निवास काँडाघारी पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले परिवारलाई हस्तान्तरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण