महिला टी–२० विश्वकप छनोट
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
मङ्गलबार, ३० वैशाख २०८२, १५ : १३
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार नेपालले हङ्कङलाई जितका लागि ३० रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर २९ रन बनाएको हो । वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । सोही कारणले खेल पाँच–पाँच ओभरमा झारिएको हो ।
नेपालका लागि ओपनर सम्झना खड्काले सात बलमा १० रन बनाइन् । उनले एक चौका पनि हिर्काइन् । कप्तान इन्दू वर्माले पनि १० बलमा अविजित नौ रन जोडिन् । रुविना क्षेत्री भने चार रनमा अविजित रहिन् । कविता कुँवरले दुई र पूजा महतोले तीन रन बनाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण