सेयर बजार
नेप्सेले माग्यो सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण
बुधबार, ३१ वैशाख २०८२, ११ : ५३
सारांश
- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ विवरण माग गरेको छ।
- बुधवार जारी सूचना अनुसार, कम्पनीहरूले वित्तीय विवरणसहित जानकारी गराउनु पर्नेछ।
- वेबसाइटमा प्रोफाइल र विवरण नभएका कम्पनीले नोट्स लगइन गरेर विवरण राख्नुपर्नेछ।
- कम्पनीहरूले अपलोड गरेका विवरण लगानीकर्तालाई नेप्सेको वेबसाइटमार्फत उपलब्ध गराइनेछ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ । बुधवार एक सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ ।
नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएको छ ।
नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्नुपर्ने निर्देशन दिएको छ । सूचीकृत कम्पनीले प्रविष्ट भएका विवरणहरू नेप्सेको वेबसाइटमा मार्फत लगानीकर्तालाई सम्प्रेषण हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण