स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईको अदालतमा बयान जारी
काठमाडौँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा कांग्रेस सांसद माया राईको बयान जारी छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान सुरु भएको हो ।
उक्त ठगी प्रकरणमा राई, पूर्व संचालक समिति सदस्य राजु बरालसहित २१ जनालाई प्रतिवादी बनाइ जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार मुलुकी संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।
राई स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा देखिएको छ ।
उक्त हिनामिना संगठित कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।
राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । दुई सातामै अनुसन्धान सकाएर जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतिवेदन बुझाएपछि मंगलबार मुद्दा दायर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण