बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईको अदालतमा बयान जारी

बुधबार, ३१ वैशाख २०८२, १५ : २९
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी प्रकरणमा कांग्रेस सांसद माया राईको बयान जारी छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान सुरु भएको हो । 

उक्त ठगी प्रकरणमा राई, पूर्व संचालक समिति सदस्य राजु बरालसहित २१ जनालाई प्रतिवादी बनाइ जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार मुलुकी संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।

राई स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा देखिएको छ । 

उक्त हिनामिना संगठित कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।

राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । दुई सातामै अनुसन्धान सकाएर जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतिवेदन बुझाएपछि मंगलबार मुद्दा दायर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप