इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो

गाजापट्टी । बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो खबर दिएको हो । इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो ।
इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । बच्चाहरू भोकले रुने अनि तिनका आमा छोराछोरीलाई खुवाउन केही नभएकोले रुने गरेको गाजाकी एक महिलाले बीबीसीलाई बताइन् ।
यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ । इजरायल र हमासबिचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा व्यापक हवाई आक्रमण गरिरहेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ देखि गाजामा कम्तीमा ५२ हजार ८२९ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने