अदालत
इजलासमा मिश्रले खाए आमाको कसम, राज्यविरूद्धकाे कसूर नगरेको जिकिर
शुक्रबार, ०२ जेठ २०८२, १७ : १५
काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको अवाञ्छित गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । त्यसक्रममा मिश्रले आफूले राज्य विरुद्धको कसूर नगरेको बताएका छन् । उनले इजलास समक्ष भने,'८४ वर्षे आमाको कसम खाएर भन्छु मैले राज्यविरुद्ध कसुर गरेको छैन ।'
तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जानको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको भन्दै उपाध्यक्ष मिश्र सहित दुर्गा प्रसाईं लगायत प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण