अदालत
इजलासमा मिश्रले खाए आमाको कसम, राज्यविरूद्धकाे कसूर नगरेको जिकिर
शुक्रबार, ०२ जेठ २०८२, १७ : १५

काठमाडौँ । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको अवाञ्छित गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । त्यसक्रममा मिश्रले आफूले राज्य विरुद्धको कसूर नगरेको बताएका छन् । उनले इजलास समक्ष भने,'८४ वर्षे आमाको कसम खाएर भन्छु मैले राज्यविरुद्ध कसुर गरेको छैन ।'
तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जानको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको भन्दै उपाध्यक्ष मिश्र सहित दुर्गा प्रसाईं लगायत प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियु अपडेटः खुल्ला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता