आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

शान्ति श्री  र गौरवको 'लजाउने हैछौनि'मा  मिस पवीकाे अभिनय

आइतबार, ०४ जेठ २०८२, ०७ : ३६
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । गायिका शान्ति श्री परियार र गायक गौरव गिरीको स्वर रहेको `लजाउने हैछौनि ´ बोलको गीत सार्वजनिक भएकाे छ । देउडा संकृतिमा आधारित गीतमा गायक गिरीकै शब्द, रोहित देउवाको सङ्गीत र, विसम आचार्यको एरेन्ज छ । 

गीतमा सुदूरपश्चिमकी मोडल मिस पविको  अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश नाथकाे पनि अभिनय छ। नुवाकोटका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक देखाईकाे छ । भिडियोका निर्देशन गायक गिरीले नै गरेका हुन् । सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको 

छायाङ्कन उत्तम हुमागाईँले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप