गाजामा भोकले बेहाल भएकाहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरे
गाजापट्टी । गाजाका मानिसहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरेको र खाना चोरेर लगेको विश्व खाद्य कार्यक्रमले बताएको छ । शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएको ७७ ट्रक पठाएको मानवीय सहायता संगठन (डब्ल्यूएफपी)ले बताएको थियो । सबै ट्रकहरू बाटोमा रोकिएको र धेरैजसो खानेकुरा लगिएको मानवीय सहायता संगठन (डब्ल्यूएफपी)ले भनेको छ ।
ट्रकहरू गोदामसम्म पुग्छन् कि पुग्दैनन् भन्नेमा आफूहरूलाई पहिला देखि नै शङ्का भएकोले बाटोमा भीड भयो भने मानिसहरूलाई खानेकुरा लैजान दिइने निर्णय पहिला नै गरिएको एफपीए प्रवक्ता अबीर एतेफाले बीबीसीलाई बताइन् ।
इजरायलले गाजामा ११ हप्ताको लागि नाकाबन्दी लगाएको थियो । यसलाई मे १९ मा हटाइएको थियो । नाकाबन्दी हटेपनि अहिलेसम्म आइपुगेको सहायताले मानिसहरूको १० प्रतिशत आवश्यकता मात्रै समेट्ने संयुक्त राष्ट्र संघले बताएको छ ।
शनिबार खाना आउँदैछ भन्ने सुनेपछि मानिसहरू बाटोमै भीड गरेर बसेका थिए । भोकका कारण मानिसहरू निकै हताश बनेको अनि ट्रक खाद्य वितरण केन्द्रसम्म पुग्ने समय पनि पर्खन नसकेको एतेफाले भनिन् ।
खानेकुरा लैजान डब्ल्यूएफपीले नागरिकहरू नजिक भएको अनि लुटेरा गिरोहहरूको खतरा कम भएको सडक रोजेका थिए । लगभग ८० दिनको पूर्ण नाकाबन्दी पछि गाजामा भोकमरी चरम अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण