रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु
आइतबार, १८ जेठ २०८२, १० : ५७
सारांश
- युक्रेनको सीमा नजिकैको रुसमा पुल भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
- शनिबार साँझमा भारी ट्रक पुलबाट गइरहँदा पुल भत्किएर रेल ट्र्याकमा खसेको थियो, जसमा एउटा रेल पनि थियो।
- घटनामा ३१ जना घाइते भएका छन् र स्थानीय गभर्नरका अनुसार दुई जना गम्भीर घाइते छन्, घटनाको छानबिन भइरहेको छ।
मस्को । युक्रेनको सीमा नजिक रहेको रुसको एउटा पुल भत्किँदा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ । कयौँ भारी ट्रक एकै साथ पुल भएर गइरहँदा शनिबार साँझमा ब्रेन्स्कमा राजमार्गमा बनेको पुल खसेर रेल्वे ट्र्याकमा खसेको थियो ।
ठ्याक्कै यतिबेला रेल्वे ट्र्याकमा यात्रुबाहक रेल गइरहेको थियो । यस घटनामा अरू ३१ जना घाइते भएको बताइएको छ । अग्नि तथा उद्धार एकाइले रेलमा यात्रा गरिरहेका मानिसहरू खोज्ने प्रयास गरिरहेको रुसी आकस्मिक मन्त्रालयले भनेको छ ।
यस घटनामा सात जनाको मृत्यु भएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा भनेका छन् । एक जना बालबालिका समेत अरू दुई जना गम्भीर रूपमा घाइते भएको उनले बताए ।
घाइते सबैको ब्रेन्स्कका अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । घटनामाथि छानबिन सुरु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण