मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु

आइतबार, १८ जेठ २०८२, १० : ५७
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • युक्रेनको सीमा नजिकैको रुसमा पुल भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
  • शनिबार साँझमा भारी ट्रक पुलबाट गइरहँदा पुल भत्किएर रेल ट्र्याकमा खसेको थियो, जसमा एउटा रेल पनि थियो।
  • घटनामा ३१ जना घाइते भएका छन् र स्थानीय गभर्नरका अनुसार दुई जना गम्भीर घाइते छन्, घटनाको छानबिन भइरहेको छ।

मस्को । युक्रेनको सीमा नजिक रहेको रुसको एउटा पुल भत्किँदा कम्तीमा पनि सात जनाको मृत्यु भएको छ । कयौँ भारी ट्रक एकै साथ पुल भएर गइरहँदा शनिबार साँझमा ब्रेन्स्कमा राजमार्गमा बनेको पुल खसेर रेल्वे ट्र्याकमा खसेको थियो ।

ठ्याक्कै यतिबेला रेल्वे ट्र्याकमा यात्रुबाहक रेल गइरहेको थियो । यस घटनामा अरू ३१ जना घाइते भएको बताइएको छ ।  अग्नि तथा उद्धार एकाइले रेलमा यात्रा गरिरहेका मानिसहरू खोज्ने प्रयास गरिरहेको रुसी आकस्मिक मन्त्रालयले भनेको छ ।

यस घटनामा सात जनाको मृत्यु भएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा भनेका छन् ।  एक जना बालबालिका समेत अरू दुई जना गम्भीर रूपमा घाइते भएको उनले बताए ।

घाइते सबैको ब्रेन्स्कका अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ । घटनामाथि छानबिन सुरु भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप