सनाखत हुन नसकेको सम्बन्ध
सजल नयन
चर्केको छ भित्ता मनको
भावनाको बार्दलीमा फर्फराउँदै छ
विरहको सुस्केरा ।
हो गलत म थिएँ ।
दोष मैले मुर्मुरिँदै
निष्प्राण मोड र घुमाउरो घुम्तीलाई दिएँ
असहमतिका घुम्तीको गोरेटोमा
परिबन्धको पेरुङ्गेभरि आलाकाँचो
मायाको सगुन बोकी आकी
मञ्जरीको मन सुटुक्क चोरी
चलेँ
कहिले ढलेँ
कहिले उठेँ
उठ्दै, ढल्दै आधा बाटोनेर आइपुग्दा
खोइ के के भए के के
लर्खराउँदै झन्डै–झन्डै जिन्दगी नै ढलेको
जिन्दगी
अचेल धिमा गतिमा छन्
आफैँसँग रिस उठेर तोड्न मन लाग्छ
आफ्नो जिन्दगी आफैँले
गलत भन्दै भन्दिनँ त्यो साथलाई
तर, मूल्यविहीन साथको आतिथ्यमा
उफ् सम्बन्ध सनाखत हुन बाँकी नै रहेछ ।
हरियाली मौलाएको समतल
मैदानको मोडमा पनि
मोडिएर मोड्दामोड्दै झन्डै ढली गको जिन्दगी
जिन्दगीसँगै पलाएको
नाता रगतको
नाता सम्बन्धको
नाता ऐश्वर्यको
नाता जुग र जुनुनको
नाता नानाथरी अभिमानको
वेला–कुवेला, बाटो–कुबाटो
उकालो होस् या ओह्रालो
सबै–सबै ठाउँबाट
मैमत्त भएर युगको पर्खाल डिलबाट
दृश्यपान गर्दै
हौसिएर तालमा–बेतालमा
चित्तको चित्कार सुन्न चिथोर्न आउँदा रहेछन्
साथको सारथिले
अपारदर्शी अपहरणमा परेका अन्जान–दुर्जन
आफ्नाले
अरुकाले
सनाखत हुन बाँकी रहेको सम्बन्धले ।
निराकार आकाश हेर्दै अत्तालिएर
जून टिपी उपहार दिन्छु भन्नेले
ढुंगाको चोटलाई देखाएर
टुक्राटुक्रा भएको सिसालाई दोषी बनाउँदा रहेछन्
सहनुपर्छ भन्दै
अचानोलाई होइन
खुकुरीलाई सहानुभूतिको वरमाला
सप्रेम पहिर्याउँदा रहेछन्
कमजोरीलाई होइन रहेछ, टुक्रिन हुन्न भनेर सिकाउने
मजबुत बांगो–बलियोको
मनोहर आख्यानमा समर्पित कथाको
पात्रलाई जयजयकार गर्दा रहेछन्
गुण गरेर गुमनाम हुनेको भन्दा
फटाफट फट्याइँ गरेर
चरम चर्चा कमाउनेको जुग रहेछ
सही मोडमा भेटिएर
गलत मोडमा छुटिन छुट्कारा दिन पनि नमान्ने
जमाना बेग्लैको रहेछ ।
पानीछेउको बालुवामा लेखेको कथा
एउटै लहरले मेटाए जसरी मेटाउन
साह्रो–गाह्रो हुँदो रहेछ
सनाखत हुन नसकेको सम्बन्ध ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण