अमेरिकाले इरानलाई पठायो आणविक सम्झौताको प्रस्ताव
सारांश
- अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ, ह्वाइट हाउसले यसकाे पुष्टि गरेको छ।
- संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा इरानले युरेनियमको मात्रा बढाएको उल्लेख छ, जसले आणविक हतियार बनाउन प्रयोग गरिन्छ।
- इरानले प्रस्तावको जवाफ आफ्नो सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर दिने जनाएको छ।
तेहरान । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ । प्रस्ताव पठाएको कुरालाई शनिबार ह्वाइट हाउसले पुष्टि पनि गरेको छ । तेहरानमा भएको भेटघाटको क्रममा ओमानका विदेश मन्त्री बद्र बिन हम्मद अल–बुसैदीले आफूलाई अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू बताएको इरानका विदेश मन्त्री अब्बास अराघचीले भनेका छन् ।
संयुक्त राष्ट्रसङ्घ (यूएन)को आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियमको मात्रा बढी बढाउन थालेको बताएकै समयमा यो प्रस्ताव आएको हो । सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले बताइन् । उनले भनिन्– ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन ।’
यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टीव विटकफले तयार पारेको पनि लेभिटले बताइन् । प्रस्ताव विस्तृत र स्वीकार गर्न लायक भएकोमा उनले जोड दिएकी थिइन् । इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर यो प्रस्तावको जवाफ दिने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्टमा लेखेका थिए । हाल यस सम्झौताको बारेमा धेरै जानकारी सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण