कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
आइतबार, ०४ जेठ २०८२, ०९ : ४०
विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो।
कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
सरकारको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण