मधेसका पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, ०४ जेठ २०८२, १६ : ३७
सारांश
- अख्तियारले मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- यादवमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ, जसमा १९ करोडभन्दा बढी बिगो दाबी गरिएको छ।
- सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ, जसमा अन्य सात जना पनि मुछिएका छन्।
काठमाडौँ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ । उनीविरुद्ध उन्नतीस करोड उनान्सय लाख छयासी हजार एक सय पैंतीस रुपैयाँ बिगो मागदाबी भएको छ ।
सोही प्रकरणमा अन्य सात जनाविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण