आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

मधेसका पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, ०४ जेठ २०८२, १६ : ३७
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • अख्तियारले मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • यादवमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेको छ, जसमा १९ करोडभन्दा बढी बिगो दाबी गरिएको छ।
  • सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ, जसमा अन्य सात जना पनि मुछिएका छन्।

काठमाडौँ । मधेश प्रदेशका  तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी माछापोखरी निर्माणको नाममा भ्रष्टाचार गरेको आरोप उनीमाथि छ । उनीविरुद्ध उन्नतीस करोड उनान्सय लाख छयासी हजार एक सय पैंतीस रुपैयाँ बिगो मागदाबी भएको छ । 

सोही प्रकरणमा अन्य सात जनाविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप