लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
सारांश
- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्दैछ।
- प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
- सरकारले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमबार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो ।
यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ । सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ती योजनाहरूलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन वृद्धि गर्ने, अर्ग्यानिक खेती प्रणालीको विकास गर्ने लगायतका विषयहरूलाई प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि मन्त्री दिनेश पन्थीले राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण