ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
_4ZClBF3XFP.jpg)
समाचार सारांश
- गलकोट-ताराखोला सडक कालोपत्र सम्पन्न, हटिया बजारदेखि ताराखोलाको सिमानासम्म साढे ६ किलोमिटर सडक कालोपत्र गरिएको छ।
- कोभिड-१९ र बजेट अभावका कारण निर्माणमा ढिलाइ, इन्जिनियर पुनका अनुसार अझै साढे तीन किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।
- सडक स्तरोन्नतिले ताराखोला र गलकोट क्षेत्रका नागरिकलाई यात्रा र सामान ढुवानीमा सहजता, स्थानीयको समस्या समाधान।
बागलुङ । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।
बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो । स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । कोभिड–१९ र विभिन्न समस्या देखाएर निर्माण कम्पनीले लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन ।
पूर्वाधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्र पुनले जानकारी दिए । चौथो पटक म्याद थप गरेको अवधि गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उनको भनाइ छ ।
बहुवर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यसवर्ष पनि काम सकिने सम्भावना कम भएको इन्जिनियर पुन बताउँछन् । “यो सडकको काम २०७८ सालमै सकिनुपर्ने हो तर विभिन्न कारणले गर्दा अहिलेसम्म सम्पन्न हुनसकेको छैन, पहिले निर्माण कम्पनीले ढिला सुस्ती गर्यो अहिले बजेट कम भयो, यसवर्ष त काम सकिन्छ, भन्ने थियो रु दुई करोड ५० लाख मात्रै बजेट पर्यो” उनले भने,“अहिलेसम्म साढे छ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।”
इञ्जिनियर पुनका अनुसार अझै साढे तीन किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडक पनि ग्राभेल गरिसकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहको उनको भनाइ छ । अहिले हटिया बजारदेखि जङ्घरासम्म कालोपत्र भएको उनले जानकारी दिए ।गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताए ।
दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीयको समस्यासमेत समाधान भएको उनको भनाइ छ । उनले भने, “गलकोट–ताराखोला सडकले दुई पालिका मात्रै जोडेको छैन, यसले म्याग्दी जिल्लालाई पनि जोडेको छ, राष्ट्रिय गौरवको आयोजनालाई पनि जोडेको छ, अझ यहाँका दर्जनौँ गाउँलाई बजारसँग पनि जोडेको छ, पहिले साँघुरो कच्ची सडकमा यात्रा गर्ने नागरिक अब पक्की सडकमा हिँड्न पाउने भएका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला
-
जनमत पार्टीमा विदेशबाट आउने रकममा अनियमितता भएपछि....
-
यूएईलाई हराउँदै विश्वस्तरीय छनोटमा पुग्यो नेपाल
-
‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’
-
सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सभापतिको आलोचना
-
अब कङ्क्रिट सडक निर्माणका लागि अध्ययन गर्नेछौँ : मन्त्री दाहाल