साढे ३ करोडमा पोखरा-२६ को वडा कार्यालय बन्ने
सारांश
- पोखरा महानगरपालिका वडा २६ मा नयाँ भवन निर्माणको शिलान्यास, वडाध्यक्ष नरेन्द्र थापाले गरे।
- अहिलेको साँघुरो कार्यालयको कारण सेवाग्राहीलाई परेको असहजतालाई मध्यनजर गर्दै नयाँ भवन निर्माण गरिने।
- नयाँ भवनमा प्रशासनिक, स्वास्थ्य, कृषि र पशु सेवाका कार्यालयहरू रहने, लागत अनुमान १४ करोड, तर पहिलो चरणमा प्रशासनिक भवन मात्रै बन्ने।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ को नयाँ भवन बन्ने भएको छ । आइतबार वडाध्यक्ष नरेन्द्र थापा (नरेन)ले भवन निर्माणको शिलान्यास गरेका हुन् ।
अहिले भइरहेको कार्यालय साँघुरो भएपछि मद्दतको पाटनमा नयाँ भवन निर्माण गर्न लागिएको कार्यालयले जनाएको छ । शिलान्यासपछि वडाध्यक्ष थापाले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन कार्यालय बनाउन लागिएको बताए । ‘अहिलेको कार्यालय धेरै साँघुरो छ । सेवाग्राहीलाई असहजता आइपरेको छ,’ उनले भने, ‘नयाँ भवन बनेपछि सहज रूपमा सेवा दिन सकिन्छ ।’
वडाको प्रशासनिक सहित स्वास्थ्य, कृषि र पशुका कार्यालय समेत एकै ठाउँमा राख्ने गरी डीपीआर तयार गरिएको उनले बताए । सबै भवन पूरा गर्न १४ करोड लागत अनुमान गरिएको छ । तर अहिले भने प्रशासनिक भवन मात्रै निर्माण गर्न लागिएको हो । भवनको लागत ३ करोड ५२ लाख छ ।
५ करोड १५ लाख लागत अनुमान गरिएकोमा ठेकेदारले करिब ३२ प्रतिशत घटेर ठेक्का हालेका हुन् । गत वैशाख ३ गते ठेक्का सम्झौता गरिएकोमा २०८३ असार १५ गतेसम्म काम सिध्याउनुपर्ने सम्झौता छ । साढे २ तले भवनमा १९ वटा कोठा, शौचालय, बाथरुम रहने पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण