अब कङ्क्रिट सडक निर्माणका लागि अध्ययन गर्नेछौँ : मन्त्री दाहाल
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कङ्क्रिट सडक निर्माणमा जोड दिने बताएका छन्।
- मन्त्रीका अनुसार, कङ्क्रिट सडक सुरुमा महँगो लागे पनि टिकाउ र कालोपत्रेभन्दा सस्तो पर्ने देखिन्छ।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कङ्क्रिट सडक निर्माणमा जोड दिने बताएका छन्। सिमेन्ट कङ्क्रिट रोड कन्क्लेभमा बोल्दै उनले हाल कालोपत्रे सडक निर्माण भइरहेको र अब बन्ने सडक कङ्क्रिट गरिने बताए ।
‘देशको परिबेसमा सडक नै विकास हो भन्ने बुझाई छ । सडकमा अहिले कालोपत्र (बिटुमिन,अस्फाल्ट प्रविधि) प्रयोग हुँदै आएको छ । अब कङ्क्रिटमा जानुपर्छ,’ उनले भने, ‘यो कतिको कस्ट इफेक्टिभ छत भन्दा विज्ञहरूको भनाइअनुसार सुरुमा महँगो भए पनि टिकाउ हुने र कालोपत्रमा भन्दा सस्तो पर्ने देखियो ।’
साेमबार नेपाल सिमेन्ट उत्पादक संघद्वारा ललितपुरमा आयोजित कार्यक्रममा उनले डन्डी सहितको कङ्क्रिट गर्दा ५०–६० वर्ष मात्र नभएर १०० वर्ष नै टिक्ने दाबी गरे । ‘कस्टको हिसाबले सुरुमा महँगो पर्न जान्छ । यो लामो प्रोसेस हुन्छ । तर हामीलाई छिटो विकास चाहिएको छ । तर यो प्रविधिबाट निर्माण गरिएको सडक लामो समयसम्म टिकाउ हुन्छ।’
अब सडकहरू पनि निजी साझेदारी (पीपीपी मोडल) मा निर्माण गरिनुपर्ने उनको तर्क थियो । कहाँ कहाँका सडकमा फाइदा छ अध्ययन गरेर यो मोडलमा जानुपर्ने उनले बताए । ‘सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ । सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छौँ । कङ्क्रिट सडक निर्माणमा व्यापक रूपमा जोड दिन्छौँ,’ उनले भने ।
अहिले दाउन्नेमा ४ किमी कङ्क्रिट सडक निर्माण भइसकेको र अब ६ किमी पुर्याउने तयारी रहेको पनि जानकारी दिए । ‘देशभरका कुन कुन ठाउँमा कालोपत्र गर्ने र कुन–कुन सडकमा कङ्क्रिट प्रविधि प्रयोग गर्ने विषयमा अध्ययन मन्त्रालयले गरेको छ । निजी क्षेत्रबाट पनि यस विषयमा अध्ययन गर्नुहोस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण