चितवनमा गैँडाको खागसहित दुई जना पक्राउ
सोमबार, ०५ जेठ २०८२, १० : ३४
सारांश
- चितवन राष्ट्रिय निकुञ्जको टोलीले गैँडाको खाग जस्तो देखिने आखेटोपहारसहित दुई जनालाई नियन्त्रणमा लियो।
- विशेष सूचनाको आधारमा भरतपुर महानगरपालिका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका व्यक्तिहरूमाथि कानुनी प्रक्रिया सुरु भइसकेको छ र अनुसन्धान भइरहेको छ।
चितवन । संरक्षित वन्यजन्तु एक सिङ्गे गैँडाको खाग जस्तो देखिने आखेटोपहारसहित दुई जना पुरुषलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त पक्राउ गरेको हो। कार्यालयले प्राप्त गरेको सूचनाका अनुसार गैँडाको खाग ओसारपसार भइरहेको आशंकामा निगरानी बढाइएको थियो।
टोलीले जेठ ४ गते आइतबार दिउँसो करिब ३ बजे भरतपुर महानगरपालिका–९, बिसहजारी रोड क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट गैँडाको खाग जस्तो देखिने सामग्री बरामद गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार उनीहरूविरुद्ध हाल कानुनी प्रक्रिया अनुसार अनुसन्धान प्रारम्भ भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण