रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ
सारांश
- रामेछापको सुनापति गाउँपालिकामा एक युवकले दम्पतीलाई कुटपिट गरी सुनका गहना लुटेका छन्।
- घटनामा संलग्न ३८ वर्षीय प्रेम बहादुर लामा पक्राउ परेका छन्, र उनको घरबाट सुनका दुईवटा औंठी बरामद गरियो।
- आरोपीले मध्यरातमा घरको बिजुली बन्द गरेर लुटपाट गरेको र घाइते बनाएर सुनका गहना लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् । वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट गरेर आरोपीले सुनका गहना लुटेका हुन् ।
लुटमा संलग्न दिमीपोखरी बस्ने ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको छ ।
मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेर प्रहरीको अनुसन्धान निष्कर्ष छ । दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए । उनीविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण