सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा एक जना पक्राउ

सोमबार, ०५ जेठ २०८२, ०८ : १६
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • रामेछापको सुनापति गाउँपालिकामा एक युवकले दम्पतीलाई कुटपिट गरी सुनका गहना लुटेका छन्।
  • घटनामा संलग्न ३८ वर्षीय प्रेम बहादुर लामा पक्राउ परेका छन्, र उनको घरबाट सुनका दुईवटा औंठी बरामद गरियो।
  • आरोपीले मध्यरातमा घरको बिजुली बन्द गरेर लुटपाट गरेको र घाइते बनाएर सुनका गहना लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् । वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट गरेर आरोपीले सुनका गहना लुटेका हुन् ।

लुटमा संलग्न दिमीपोखरी बस्ने ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको छ ।

मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेर प्रहरीको अनुसन्धान निष्कर्ष छ । दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए । उनीविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप