‘यो माया कस्तो माया’मा दिवस र सभ्यताको रोमान्स
काठमाडौं – ‘प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन’ भन्ने बिषयमा बनेको चलचित्र ‘यो माया कस्तो माया’ २९ असारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा निर्माण युनिटले यसको प्रचार प्रसार ब्यापक बनाएको छ ।
भुषण आनन्द ठकुरीको निर्देशन रहेको चलचित्रमा धिताल, सभ्यता गिरी, ऋतु पौडेल, युबराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डङ्गोल, तारा केशी, तुलसा शर्मा, शंकर महर्जन, सुर्यमान गुरुङ, महेश दाहाल, रोशन दाहाल, किरण राइ, दीपेन बस्नेत, बिकास पोख्रेल, नीतु कोइराला लगायतको अभिनय रहेको छ । ठकुरीको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
पहिलो भएपनि आफुले उत्कृष्ट काम गरेको निर्देशक ठकुरीले बताए । ‘ निर्देशन पहिलो हो । तर म यो क्षेत्रका लागि नयाँ होइन’ ठकुरीले भने ‘सहायक निर्देशक भएर दशक बिताएको अनुभव चलचित्रमा उतारेको छु ।’
चलचित्रको कथा पनि निर्देशक ठकुरी आफैँले लेखेका हुन । अर्जुन पोखरेलको संगति, शंकर महर्जनको द्वन्द्ध, कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन बिशीको सम्पादन तथा दिब्य सुबेदीको छायाँकन छ ।
काठमाडौं, दोलखा र दार्जलिङका दृश्य समेटिएको चलचित्रमा दर्शकले मन पराउने निर्माता किसानको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण