बागमती प्रदेशसभा बैठक आज बस्दै, संसद् चल्न नदिने रणनीतिमा प्रतिपक्षी दल

समाचार सारांश
- बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन आज बिहान ११ बजे सुरु हुँदैछ, जसमा दलका नेताहरूले शुभकामना दिनेछन्।
- विपक्षी दलहरूले सरकारले माग पूरा नगरेसम्म बैठक चल्न नदिने अडान लिएका छन्, जसका कारण संसद् सञ्चालनमा अनिश्चितता छाएको छ।
- सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि मुख्यमन्त्री लामाले विपक्षी दलहरूसँग संवाद जारी राखेका छन्, तर सहमति जुट्न सकेको छैन।
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । आजबाट सुरु हुने प्रदेशसभाको सोह्रौँ अधिवेशन अन्तर्गत पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो ।
प्रदेश सभाको अधिवेशनको पहिलो दिन विशेष समयको कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । संसद्को विशेष समयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेताले शुभकामना दिने कार्यसूची रहेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने र संसदीय समितिबाट पारित भएका ४ विधेयकको प्रतिवेदन पेस गर्ने कार्य सूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
- अहिलेकै अवस्थामा संसद् चल्न दिँदैनौँ : विपक्षी
यता आइतबार सम्पन्न सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति हुन नसक्दा विपक्षी दलहरू संसद् सञ्चालन हुन नसक्ने बताउँदै आएका छन् । आइतबार साँझ करिब ३ घण्टा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुट्न नसक्दा संसद् चल्न नसक्ने चेतावनी दिएका हुन् ।
प्रतिपक्षी दलहरूले सरकारले आफ्ना मागका सन्दर्भमा स्पष्ट जवाफ सहित सम्बोधन गर्न नसकेसम्म बैठक चल्न नसक्ने बताएका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले आह्वान गरेको बैठक निष्कर्षविहीन बनेपछि बैठक सञ्चालन गर्न सक्ने अवस्था नरहेको माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसाद ढकालले बताए ।
सर्वदलीय बैठकमा प्रतिपक्षका तर्फबाट पछिल्लो राजनीतिक घटनाक्रम र विगतको सहमति कार्यान्वयनका विषयमा सरकारको जवाफ माग गरिएको उनले बताए । हिउँदे अधिवेशन आह्वान भएर पनि सरकारले चलाउन नदिनुको कारण माग गर्दा सरकारले उचित जवाफ नदिएको उनले बताए । विगतको सहमति कार्यान्वयनको अवस्थाको विषयमा पनि सरकार जिम्मेवार नबनेकाले सर्वदलीय बैठक निष्कर्षविहीन बनेको उनले बताए ।
विपक्षी दलका माग र सहमतिलाई सरकारले सम्बोधन गर्न सर्वदलीयले नसकेपछि प्रदेशसभा बैठक सञ्चालन पनि कठिन बनेको उनले बताए । सरकारको तर्फबाट संसद् सञ्चालनका लागि प्रयत्न भइरहेपनि सो अनुसारको वातावरण तयार नभएको उनले बताए । सरकारले आफ्ना धारणा संसद्बाट राख्न आग्रह गरेकाले शुभकामना मन्तव्य पछिका कार्यसूचीमा भने अघि बढ्न सक्ने अवस्था नबनेको उनको भनाई छ ।
राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार सर्वदलीय बैठकमा ठोस निर्णय हुन नसकेको बताए । विगतका विषय र पछिल्लो पटक संसद्को घटनामा सरकारको जवाफ प्रस्ट आउन नसकेको उनले बताए । सरकारले एकलौटी ढंगबाट अघि बढेकाले अहिलेकै अवस्थामा अघि बढ्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।
संसद् सञ्चालनको विषयमा मुख्यमन्त्री लामाले विपक्षी दलहरूसँग संवाद जारी राखेका छन् । औपचारिक बैठकमा सहमति जुट्न नसकेपछि मुख्यमन्त्री लामा छुट्टाछुट्टै रूपमा दलका नेता भेटेर संवाद थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो फार्मेसी
-
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’
-
१३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि
-
राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरेपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीहरूमा आगजनी
-
भृकुटी उर्फ भेल्सा ट्रित्सुनको ऐतिहासिक योगदान
-
फिल्डरले फालको एउटै बलले दुवैतर्फको स्टम्प ढलेपछि ...