प्रदेश सरकारमा दम्भ छ : नेता जम्कट्टेल
सारांश
- माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले संसदलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाए।
- जम्कट्टेलले सरकारले संसदलाई बिजनेस दिन नसकेको र पहिलो कार्यकालका कानुन पुनरावलोकन गर्न नसकेको बताए।
- उनले सरकारको दम्भ र घमण्डको आलोचना गर्दै विगतका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए।
हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले संसद्लाई प्रभावकारी बनाउन नसकेको बताएका छन् । सरकारले संसद्मा प्रत्यक्ष प्रभाव राख्दै आफू अनुकूल सञ्चालन गर्दै आएको उनले आरोप लगाए ।
प्रदेशसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सरकारले संसद्लाई बिजनेस दिन नसकेको बताए । पहिलो कार्यकालमा बनेका कानुनहरू पुनरावलोकन गर्नुपर्ने अवस्था रहे पनि सरकारले त्यस तर्फ काम गर्न नसकेको उनले बताए ।
‘सरकारले जनताको पक्षमा काम गर्नुपर्छ । तर, सरकारमा दम्भ छ, घमन्ड छ । मन्त्रीहरूमा दम्भ छ । मन्त्रीहरू बिचमा एकता छैन । मुख्यमन्त्रीको निर्देशनमा मन्त्री छैनन् । दम्भ र घमन्ड देखाउन उचित छैन । त्यसको प्रभाव तपाईंहरुले नै बुझ्नुपर्छ’ उनले भने ।
विगतका सरकारले बनाएका नीति कार्यक्रम कार्यान्वयनमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । सरकार विगतका नीति कार्यक्रम र योजनाहरूमा कार्यान्वयनमा निरन्तरता दिन नसकेको उनको भनाई छ । सरकार प्रतिफलमुखी विकास आयोजना सञ्चालनमा जिम्मेवार बन्न नसकेको उनले बताए ।
उनका अनुसार सरकार साना र टुक्रे आयोजना बनाएर बजेट खर्च बढाउने तर्फ केन्द्रित रहेको छ । प्रतिपक्षले विकास आयोजनासँगै सुशासन, पारदर्शिता, समावेशी विकास प्रणालीका पक्षमा वकालत गरिरहेको भए पनि सरकारले प्रतिपक्षलाई समेत नदेखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
-
पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण