सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि काठमाडौँस्थित रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
३६ होलको समाप्तिमा कट लागू हुनेछ । त्यसपछि शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलका लागि स्थान बनाउने छन् । प्रतियोगितालाई रोमाञ्चक बनाउन कोर्सलाई पनि सोही अनुसार कठीन बनाइएको छ ।
नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, साविक विजेता रवि खड्का, दिनेश प्रजापति र भारतीय गल्फ टुर खेलिरहेका शुक्रबहादुर राईजस्ता खेलाडीबिच उपाधिका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले भने व्यक्तिगत कारणले सहभागिता नजनाउने भएका बताइएको छ । सदभाव सहभागी नहुने भए पनि अर्का एमेच्योेर राहुल विश्वकर्माले प्रोफेसनल खेलाडीलाई कडा चुनौति दिन सक्छन् । प्रतियोगिताको कूल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ । विजेताले एक लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार रुपैयाँ हात पार्नेछन् । साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा शनिबार प्रो–एम प्रतिस्पर्धा हुने आयोजक नेपाल प्रोफेशनल गल्फर्स एसाेसिएसन (एनपीजीए) ले जनाएको छ ।
एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले भने- ‘अघिल्ला प्रतियोगिताजस्तै यसपटक पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने र उत्कृष्ट स्कोर गर्ने अपेक्षा लिएको छु । खेलको विकासका लागि निरन्तर सहयोग पुर्याउँदै आएको प्रायोजक सूर्य नेपाल प्रालिप्रति आभारी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण