प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने बताएकी छन् ।
प्रेस चौतारी नेपालद्वारा सोमबार आयोजित ‘करुणा’ पुस्तक ‘लेखिका राधिका शाक्यको सम्पादकसँगको संवाद’ कार्यक्रममा शाक्यले विद्यार्थीकालदेखि नै राजनीतिमा केहीहदसम्म आबद्ध भएको र राजनीतिक व्यक्तित्वसँगको विवाह भएपछि मुलुकको राजनीतिक घटनाक्रमबारे राम्रोसँग बुझ्ने अवसर पाए पनि राजनीति गर्ने पक्षमा आफू नरहेको बताएकी हुन् ।
नेपालमा पछिल्ला दिनमा सकारात्मक सोचका साथ काम गर्नेभन्दा नकारात्मक धारणा बनाइ अनावश्यक कुरा काट्ने पक्ष हावी भएको उल्लेख गर्दै उनले भनिन्,“देशलाई माया गर्ने एक सामान्य नेपाली नागरिक भएर बस्न चाहन्छु, मातृभूमिप्रति कदापि गद्दारी गर्दिन । अब यो उमेरमा राजनीति गर्न जाने पक्षमा म छैन ।”
प्रथम महिला शाक्यले राजनीतिक अस्थिरताको अफवाह फैलाइ सरकारलाई निर्वाध रूपमा काम गर्न नदिनेहरू हावी हुनु मुलुकको ठूलो समस्या भएको जिकिर गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोङ्गबुको नेशनल मोडल स्कुलमा मध्यराति डोजर, जाहेरी लिन प्रहरीको आनाकानी
-
मार्स र मार्क्रमको अर्धशतक, हैदराबादसामु २ सय ६ रनको लक्ष्य
-
घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु
-
ट्राफिक प्रहरी प्रमुख विरूद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश
-
पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा उच्चस्तरीय स्वतन्त्र छानबिन गर्न माग
-
योगेशको विकल्पमा मञ्जु : समस्या सल्टियो कि बल्झियो ?