मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार, ०६ जेठ २०८२, १७ : १६
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
- गभर्नर नियुक्तिबारे सहमति जुटाउन ओली र कांग्रेस सभापति देउवाबीच छलफल भएको थियो।
- सहमति अनुसार कांग्रेस निकट विश्व पौडेल गभर्नर बन्ने सम्भावना रहेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । गभर्नर नियुक्ति गर्न दुई दलबिच सकस परेसँगै यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस दिन ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता गरेर सहमति खोजिने भनिएपनि बैठक बस्नै सकेको थिएन।
तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल भएपछि साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्नेबारे सहमति जुटेको हो । सहमति अनुसार कांग्रेस निकट विश्व पौडेल गभर्नर बन्ने नेताहरूको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण