मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार, ०६ जेठ २०८२, १७ : १६

समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
- गभर्नर नियुक्तिबारे सहमति जुटाउन ओली र कांग्रेस सभापति देउवाबीच छलफल भएको थियो।
- सहमति अनुसार कांग्रेस निकट विश्व पौडेल गभर्नर बन्ने सम्भावना रहेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । गभर्नर नियुक्ति गर्न दुई दलबिच सकस परेसँगै यसअघि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । त्यस दिन ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता गरेर सहमति खोजिने भनिएपनि बैठक बस्नै सकेको थिएन।
तर, मंगलबार ओली र देउवाबिच करिब एक घण्टा छलफल भएपछि साँझ मन्त्रिपरिषद् बैठक बोलाएर गभर्नर नियुक्त गर्नेबारे सहमति जुटेको हो । सहमति अनुसार कांग्रेस निकट विश्व पौडेल गभर्नर बन्ने नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स