ब्याडमिन्टन एसियाबाट नेपाली अम्पायर कृतन र मन्दिराको स्तरोन्नती
काठमाडौँ । ब्याडमिन्टन एसियाले नेपालका दुई जना ब्याडमिन्टन निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती गरेको छ । ब्याडमिन्टन एसियाले कृतनलाई एक्रिडिएटेड अम्पायरबाट सर्टिफाइड अम्पायरमा र मन्दिरालाई रिजनल अम्पायरबाट एक्रिडिएटेड अम्पायरमा स्तरोन्नती गरेको हो ।
कृतन चीनको निङ्बो सहरमा २०८१ साल चैत २६ देखि ३१ गतेसम्म आयोजना भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिप–२०२५ का क्रममा ब्याडमिन्टन एसियाद्वारा लिइएको निर्णायक परीक्षामा आफूलाई अब्बल साबित गर्दै सर्टिफाइड अम्पायरमा स्तरोन्नती भएका हुन् । नेपालमा अब कृतनसँगै दीपक थापा र ओमबिक्रम राना गरी तीनजना सर्टिफाइड अम्पायर भएका छन् ।
यसैगरी, मन्दिरा नेपालमै आयोजना भएको दक्षिण एसियाली जुनियर च्याम्पियनसिपका क्रममा लिइएको परीक्षामार्फत रिजनल अम्पायरमा उत्तीर्ण भएकी थिइन् । उनी सशस्त्र प्रहरी बलमा कार्यरत छिन् ।
त्यसपछि मन्दिरा सन् २०२४ को जुलाईमा इन्डोनेसियामा आयोजना भएको एसिया जुनियर च्याम्पियनसिपका क्रममा ब्याडमिन्टन एसियाले लिएको परीक्षा उत्तीर्ण गरी एक्रिडिएटेड अम्पायर बनेकी हुन् ।
उनी नेपालबाट एक्रिडिएटेड अम्पायर बन्ने दोस्रो महिला हुन् । यसअघि बाँकेकी समन ईकवालले उक्त परीक्षा उत्तीण गर्दै नेपालबाट पहिलो एक्रिडिएटेड महिला ब्याडमिन्टन निर्णायकका रूपमा आफ्नो परिचय स्थापित गराएकी थिइन् ।
नेपालमा मन्दिरा, ईकबाल र सुमित शाक्य गरी तीनजना एक्रिडिएटेड महिला अम्पायर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण