मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

ब्याडमिन्टन एसियाबाट नेपाली अम्पायर कृतन र मन्दिराको स्तरोन्नती

मङ्गलबार, ०६ जेठ २०८२, १४ : ००
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । ब्याडमिन्टन एसियाले नेपालका दुई जना ब्याडमिन्टन निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती गरेको छ । ब्याडमिन्टन एसियाले कृतनलाई एक्रिडिएटेड अम्पायरबाट सर्टिफाइड अम्पायरमा र मन्दिरालाई रिजनल अम्पायरबाट एक्रिडिएटेड अम्पायरमा स्तरोन्नती गरेको हो ।

कृतन चीनको निङ्बो सहरमा २०८१ साल चैत २६ देखि ३१ गतेसम्म आयोजना भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिप–२०२५ का क्रममा ब्याडमिन्टन एसियाद्वारा लिइएको निर्णायक परीक्षामा आफूलाई अब्बल साबित गर्दै सर्टिफाइड अम्पायरमा स्तरोन्नती भएका हुन् । नेपालमा अब कृतनसँगै दीपक थापा र ओमबिक्रम राना गरी तीनजना सर्टिफाइड अम्पायर भएका छन् ।

यसैगरी, मन्दिरा नेपालमै आयोजना भएको दक्षिण एसियाली जुनियर च्याम्पियनसिपका क्रममा लिइएको परीक्षामार्फत रिजनल अम्पायरमा उत्तीर्ण भएकी थिइन् । उनी सशस्त्र प्रहरी बलमा कार्यरत छिन् । 

त्यसपछि मन्दिरा सन् २०२४ को जुलाईमा इन्डोनेसियामा आयोजना भएको एसिया जुनियर च्याम्पियनसिपका क्रममा ब्याडमिन्टन एसियाले लिएको परीक्षा उत्तीर्ण गरी एक्रिडिएटेड अम्पायर बनेकी हुन् । 

उनी नेपालबाट एक्रिडिएटेड अम्पायर बन्ने दोस्रो महिला हुन् । यसअघि बाँकेकी समन ईकवालले उक्त परीक्षा उत्तीण गर्दै नेपालबाट पहिलो एक्रिडिएटेड महिला ब्याडमिन्टन निर्णायकका रूपमा आफ्नो परिचय स्थापित गराएकी थिइन् । 

नेपालमा मन्दिरा, ईकबाल र सुमित शाक्य गरी तीनजना एक्रिडिएटेड महिला अम्पायर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप