मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

हरियो धनियाँमा भेटियो अत्यधिक विषादी

मङ्गलबार, ०६ जेठ २०८२, १४ : ३३
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । कालिमाटीमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । काभ्रेमा उत्पादन गरी मंगलबार बिक्रीका लागि कालिमाटी ल्याइएको उक्त धनियाँमा ९९.३७९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ । 

मंगलबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रूत विश्लेषण एकाइले १७  वटा पसलमा राखिएका  १७ प्रकारका तरकारीको नमुना लिइ परीक्षण गरेको थियो । जसमध्ये धनियाँमा उक्त मात्रामा विषादी फेला परेको हो । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप