सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

ब्ल्याकभ्यू ट्याब मेगा २ नेपालमा सार्वजनिक, के छन् विशेषता ?

मङ्गलबार, ०६ जेठ २०८२, १५ : २८
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • ब्ल्याकभ्यूले नेपालमा नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक गरेको छ, जसमा १२ इन्चको डिस्प्ले र शक्तिशाली प्रोसेसर छ।
  • ट्याब्लेटमा ८ जीबी वा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज छ, जसलाई २ टेराबाइटसम्म बढाउन सकिन्छ, साथै १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ।
  • यो ट्याब्लेट एन्ड्रोइड १५ मा आधारित छ र यसको मूल्य ३१,९९९ रुपैयाँ तोकिएको छ, र दराज र यन्त्र नेपाल मार्फत किन्न सकिन्छ।

काठमाडौँ । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ ।

ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडीप्ल्स आईपीएस डिस्प्ले रहेको छ । जसले १२ सय ह २ हजार  पिक्सेल रिजोलुसन र ६० हट्र्ज रिफ्रेस रेट प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित छ भने यसमा ८ जीबी वा १२ जीबी र्यामका साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ । स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिने कम्पनीको भनाई छ । 

यो ट्याब्लेटमा ९ हजार एमएएचको ब्याट्री छ भने जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने छ । यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश रहेको कम्पनीको भनाई छ । 

ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ भने जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्ने पनि कम्पनीको भनाई रहेको छ । यसमा डुअल–बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिम स्लट पनि समावेश छन् । 

नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिने कम्पनीको भनाई छ । 

उक्त ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त हुने ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिको भनाई छ ।  ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप