नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
इटहरी । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्रको नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्ने बताएका छन् ।
पार्टीको युवा सङ्गठन वाइसीएलको कोशी प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रदेश इन्चार्जसमेत रहेका गजुरेलले पार्टीका विभिन्न अङ्गहरूको नेतृत्व चयन प्रक्रिया मार्क्सवाद सुहाउँदो नरहेको बताए ।
गजुरेलले बुर्जुवा प्रकारको चुनावले पार्टी, सङ्गठनलाई हानी गर्ने हुँदा सहमतीय प्रक्रियाबाट प्रदेशको वाइसीएल नेतृत्व चयन गर्न निर्देशन दिए । उनले भने,‘हाम्रो पार्टीभित्रको नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनु पर्छ, त्यो भनेको ५० प्रतिशत नम्बर मूल्याङ्कन कमिटीले दिने ५० प्रति नम्बर चुनावी प्रक्रियाबाट प्राप्त गर्ने हुन सक्छ, यसो गर्यो भने सहित नेतृत्व आउन सक्छ ।’ नेता गजुरेलले वाइसीएललाई एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरेका छन् ।
उनले एकताबद्ध भएर अघि बढे मात्रै वाइसीएल सक्षम र जुझारु हुने विचार व्यक्त गरे । पूर्वमा वाइसीएललाई नयाँ शिराबाट उठाउन नयाँ मोडलको वाइसीएल निर्माण गर्नका लागि पार्टी नेतृत्व लागि परेको बताए । गजुरेलले वाइसीएललाई आत्मनिर्भर भएर अघि बढ्न सुझाव पनि दिए ।
वाइसीएलको प्रदेश सम्मेलनलाई वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा,केन्द्रीय अध्यक्ष सुबोधराज शेर्पाली, नेकपा माओवादी केन्द्र संसदीय दल नेता इन्द्र आङ्बो, प्रदेश पार्टी अध्यक्ष हर्क नेम्वाङ, सचिव गणेश उप्रेती, अनेमसंघ क्रान्तिकारी प्रदेश इन्चार्ज उर्मिला तामाङ्ग, वाइसीएल प्रदेश सहसंयोजक विक्रम शङ्कर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण