सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
सारांश
- गृह मन्त्रालयले डीआईजी सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।
- एआईजी लालमणी आचार्यको अवकाशपछि रिक्त हुने पदमा शाहलाई बढुवा सिफारिस गरिएको हो।
- शाह हाल विशेष ब्यूरो प्रमुख छन् र उनी २०५३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।
काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
जेठ ११ बाट एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाँदै छन् । सो पदमा शाहलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
शाह प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रमुख हुन् । २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर उनि प्रहरीमा आएका थिए ।
तत्कालिन गृहमन्त्री रवि लामिछानेले जेष्ठ भएपनि सिद्धि विक्रम शाहलाई डीआईजी बढुवामा पछि पारेका थिए । त्यसबेला करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई बढुवा दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागबाट आएको समुह असन्तुष्ट बनेको थियो ।
२०८१ मंसिरमा बढुवा हुँदा सिद्धि बिक्रम शाह आफ्नो ब्याचमा एक नम्बरमा डीआईजी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण