बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
बढुवा सिफारिस

सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

मङ्गलबार, ०६ जेठ २०८२, २० : १७
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • गृह मन्त्रालयले डीआईजी सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।
  • एआईजी लालमणी आचार्यको अवकाशपछि रिक्त हुने पदमा शाहलाई बढुवा सिफारिस गरिएको हो।
  • शाह हाल विशेष ब्यूरो प्रमुख छन् र उनी २०५३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।

काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । 

मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

जेठ ११ बाट एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाँदै छन् । सो पदमा शाहलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

शाह प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रमुख हुन् । २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर उनि प्रहरीमा आएका थिए । 

तत्कालिन गृहमन्त्री रवि लामिछानेले जेष्ठ भएपनि सिद्धि विक्रम शाहलाई डीआईजी बढुवामा पछि पारेका थिए । त्यसबेला करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई बढुवा दिएको भन्दै राष्ट्रिय अनुसन्धान विभागबाट आएको समुह असन्तुष्ट बनेको थियो । 

२०८१ मंसिरमा बढुवा हुँदा सिद्धि बिक्रम शाह आफ्नो ब्याचमा एक नम्बरमा डीआईजी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप