बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर २०२५’ को अवार्ड
सारांश
- नेपाल फुड्सका निर्देशक विकास नेपालले 'इन्टरप्रेनर अफ द इयर २०२५' अवार्ड जितेका छन्।
- उनलाई बेलायती संसदमा आयोजित एक समारोहमा यो अवार्ड प्रदान गरिएको थियो, जहाँ उनले खुशी व्यक्त गरे।
- नेपाल फुड्सले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खाद्य उत्पादनको प्रवर्द्धनमा योगदान पुर्याएको छ।
लन्डन । नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका छन् । इन्डो-ब्रिटिश बिजनेस फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् ।
नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएबापत उनलाई सो अवार्ड प्रदान गरिएको हो । ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड पाएकामा नेपाल फुड्सका निर्देशक नेपालले खुसी र कृतज्ञता व्यक्त गरेका छन् ।
नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो ।
सन् २०१८ देखि सुरु भएको नेपाल फुड्सले बेलायतसहित अस्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरी २५ देशमा झन्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।
नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफूहरू लागिपरेको हुँदा आफूले पाएको अवार्डले खाद्य उद्योगको प्रतिस्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको निर्देशक नेपालले बताए ।
यो अवार्ड आफ्नो सम्पूर्ण टिमको कडा परिश्रम र मिहिनेतको प्रतिफल भएको उनले बताए । नेपाली उत्पादनलाई उत्कृष्ट र विश्वव्यापीकरण बनाउन आफूलाई थप चुनौती र हौसला बढेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण