बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर २०२५’ को अवार्ड

बुधबार, ०७ जेठ २०८२, ०६ : ५७
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • नेपाल फुड्सका निर्देशक विकास नेपालले 'इन्टरप्रेनर अफ द इयर २०२५' अवार्ड जितेका छन्।
  • उनलाई बेलायती संसदमा आयोजित एक समारोहमा यो अवार्ड प्रदान गरिएको थियो, जहाँ उनले खुशी व्यक्त गरे।
  • नेपाल फुड्सले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खाद्य उत्पादनको प्रवर्द्धनमा योगदान पुर्‍याएको छ।

लन्डन । नेपाल फुड्सका निर्देशक विकास नेपालले ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेका छन् । इन्डो-ब्रिटिश बिजनेस फोरमद्वारा बेलायती संसदको हाउस अफ लर्ड्समा आयोजित एक समारोहमा ब्यरोनस स्यान्डी वर्माले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई सो अवार्ड प्रदान गरिएको हो । ‘इन्टरप्रेनर अफ द इयर २०२५’ अवार्ड पाएकामा नेपाल फुड्सका निर्देशक नेपालले खुसी र कृतज्ञता व्यक्त गरेका छन् ।

नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो ।

सन् २०१८ देखि सुरु भएको नेपाल फुड्सले बेलायतसहित अस्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरी २५ देशमा झन्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ ।

नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने नेतृत्वको रूपमा आफूहरू लागिपरेको हुँदा आफूले पाएको अवार्डले खाद्य उद्योगको प्रतिस्पर्धात्मक बजारमा नेपाल फुड्सको उपस्थिति अझ दरिलो बनाएको निर्देशक नेपालले बताए ।

यो अवार्ड आफ्नो सम्पूर्ण टिमको कडा परिश्रम र मिहिनेतको प्रतिफल भएको उनले बताए । नेपाली उत्पादनलाई उत्कृष्ट र विश्वव्यापीकरण बनाउन आफूलाई थप चुनौती र हौसला बढेको पनि उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप