इजरायलमाथि अन्तर्राष्ट्रिय दबाबका बाबजुद गाजामा अहिलेसम्म बाँडिएन कुनै सहायता
गाजापट्टी । ११ हप्ताको नाकाबन्दी पछि राहत सामग्री बोकेका ट्रकहरू गाजामा प्रवेश गर्न थाले पनि अहिलेसम्म त्यहाँका मानिसहरूसम्म कुनै पनि सहायता पुग्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । ९३ ट्रकमा पिठो, शिशु खाना र औषधि बोकेर गाजा आइपुगेको इजरायली अधिकारीहरूले मंगलबार बताएका थिए ।
प्यालेस्टिनी क्षेत्रको केरेम शालोम क्रसमा ट्रकहरू आइपुगे पनि मानिसहरूलाई अहिलेसम्म कुनै पनि सहायता वितरण नगरिएको संयुक्त राष्ट्रसंघले बताएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘एउटा टोलीले इजरायललाई क्षेत्रमा प्रवेश गर्न अनुमति लिन धेरै घण्टा पर्खियो, तर दुर्भाग्यवश उनीहरूले हाम्रो गोदाममा राहत सामग्री पुर्याउन सकेनन् ।’
अन्तर्राष्ट्रिय विज्ञहरूले गाजामा अनिकालको जोखिमको चेतावनी दिएपछि इजरायलले आइतबार गाजामा आधारभूत मात्रामा खाद्यान्न पठाउन अनुमति दिएको थियो । यसैबीच, विश्वका केही देशहरूले इजरायललाई गाजामा आक्रमण रोक्न दबाब दिएका छन् । यी देशको सूचिमा बेलायत, फ्रान्स र क्यानडा पनि छन् ।
आगामी ४८ घण्टा भित्र गाजामा सहायता पुगेन भने १४ हजार ००० बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले मंगलबार दिएका थिए । ‘म आगामी ४८ घण्टामा यी १४ हजार बालबालिकालाई बचाउन चाहन्छु ।’ उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण