तरुण दलमा खुकुरी प्रहार घटना: ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
_hQtszpDN5B.png)
समाचार सारांश
- लमजुङमा तरुण दलको अधिवेशनमा भएको झडपमा संलग्न विरुद्ध जाहेरी दर्ता गरिएको छ, जसमा चार जनाको नाम उल्लेख छ।
- अधिवेशनमा खुकुरी प्रहारबाट चार जना घाइते भएपछि, दुई जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।
- अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको थियो र अधिवेशन १० गतेसम्मका लागि स्थगित गरिएको छ।
पोखरा । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भएको घटनामा संलग्न विरुद्ध जाहेरी दर्ता भएको छ ।
ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेको भन्दै ४ जना विरुद्ध जाहेरी परेको थियो । प्रहरीले यसबारे आनाकानी गर्दै आएकामा हाल आएर जाहेरी दर्ता गरेको हो ।
घटनामा संलग्नहरू उपर जाहेरी परेको र दर्ता भैसकेको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए । ‘जाहेरी दर्ता भएको छ । तर कोहीपनि पक्राउ परेका छैनन्,’ उनले बुधवार भने, ‘खोजी भइरहेको छ । जाहेरी परेपछि मुद्दाको रूपमा अघि बढ्छ ।’
पीडितका तर्फबाट परेको जाहेरीका आधारमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङलाई ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ ।
घटनामा खुकुरी प्रहारबाट ४ जना घाइते भएका थिए । घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका हुन् ।
घाइतेमध्ये खुसीजंग र सुदीपलाई थप उपचारका लागि चितवन रिफर गरिएको थियो । अधिवेशनमा प्रतिनिधि छनोटबाटै एउटा पक्षलाई रोक्ने प्रयास गरिएको भन्दै संस्थापन इतर पक्षले कार्यक्रमस्थलमा नाराबाजी गरेका थिए । नाराबाजी चलेपछि संस्थापन पक्षले खुकुरी प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
लमजुङमा प्रदेशका दुईजना मन्त्रीबीच टकराव छ । जिल्ला सभापति तथा आर्थिक मामिला मन्त्री टकराज गुरुङ र निवर्तमान सभापति तथा वन मन्त्री भेषबहादुर पौडेलले लामो समयदेखि गुटको रूपमा पार्टीलाई विभाजन गरेका छन् । घटनापछि अधिवेसन १० गतेसम्मका लागि स्थगित गरिएको छ ।
तरुण दलको तल्लो समितिमा निर्वाचन हुँदादेखि नै विवाद चुलिँदै आएको थियो । क्होंलासोंथरको अधिवेशनमा माइन्युट च्यात्नेदेखि महोत्सवमा एक पक्षले अर्को पक्षलाई कुट्नेसम्मका गतिविधि भएको लमजुङ काँग्रेसका एक नेताले बताए ।
‘भित्रभित्रै पाकिरहेको थियो । शनिबारको घटना पोखिएको मात्रै हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि विभागका निरीक्षकमाथि आक्रमणप्रति नेपाल निजामती कर्मचारी युनियनको विरोध
-
महिला समितिमा लफडा : बाझाबाझ र माइक फालाफाल
-
पूर्वराजा र बालेन शाहबिच भेट भएकै हो ?
-
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
-
अस्तिको पाँच लाख रुपैयाँ खोई भन्दै प्रहरीले तस्करसँग पैसा असुल्छ : पूर्वमुख्यमन्त्री केदार कार्की
-
सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकप्रति मोर्चाको असहमति