बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
अपडेट

काठमाडौं परिसरबाट थुनुवा भागे

बुधबार, ०७ जेठ २०८२, १३ : ३६
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट एक थुनुवा फरार भएका छन्।
  • फरार हुनेमा २४ वर्षीय निशान परियार रहेका छन्, जो अभद्र व्यवहारको कसुरमा पक्राउ परेका थिए।
  • प्रहरीले फरार थुनुवाको खोजी कार्य जारी राखेको छ।

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।

फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।  उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप