बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात

बुधबार, ०७ जेठ २०८२, १६ : २९
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात सुरु गरेको छ। शनिबारदेखि रातीको समयमा भारतमा विद्युत निर्यात भइरहेको छ।
  • प्रवक्ताका अनुसार, हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ। नेपालको माग पूरा गरी बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो।
  • प्राधिकरणले नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्यात गरिरहेको छ। मनसुन सुरु भएसँगै प्राधिकरणलाई राहत मिलेको छ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ । 

प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो ।

उनले पछिल्लो चार दिन देखि रातको समयमा भारतलाई विद्युत निर्यात गरिरहेको बताए । उनले भने,‘ गत शनिबार राती देखि पछिल्लो चार दिन मंगलवारसम्म दैनिक १५० देखि २०० मेगासम्म विद्युत भारतमा निर्यात भएको छ । नेपालमा पानी बढ्न थालेसँगै उत्पादनमा भएको वृद्धिले नेपालको माग पूरा गरी भारतलाई विद्युत निर्यात सुरु गरिएको छ ।’

प्रवक्ता शिल्पकारले उत्पादित विद्युतले नेपालको मागलाई पूरा गरि बढी हुन थालेकाले भारतीय रियल टाइम मार्केटमा बेच्न सुरु गरेको बताए । उनले इन्डियन इनर्जी एक्सचेन्जको रियल टाइम दररेट अनुसार बिक्री सुरु भएको बताए ।  

प्राधिकरणले भारतलाई नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत निर्यात गरिएको बताए । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुमा उत्पादन कमीभएसँगै भारतबाट महँगो मुल्य विद्युत खरिद गरी नेपालको माग पूरा गरिरहेको थियो ।

तर, नेपालमा मनसुन प्रवेशसँगै विद्युत निर्यात गर्न सुरु गर्दा प्राधिकरणलाई ठूला राहत भएको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप