प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
सारांश
- नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात सुरु गरेको छ। शनिबारदेखि रातीको समयमा भारतमा विद्युत निर्यात भइरहेको छ।
- प्रवक्ताका अनुसार, हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ। नेपालको माग पूरा गरी बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो।
- प्राधिकरणले नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्यात गरिरहेको छ। मनसुन सुरु भएसँगै प्राधिकरणलाई राहत मिलेको छ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ ।
प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो ।
उनले पछिल्लो चार दिन देखि रातको समयमा भारतलाई विद्युत निर्यात गरिरहेको बताए । उनले भने,‘ गत शनिबार राती देखि पछिल्लो चार दिन मंगलवारसम्म दैनिक १५० देखि २०० मेगासम्म विद्युत भारतमा निर्यात भएको छ । नेपालमा पानी बढ्न थालेसँगै उत्पादनमा भएको वृद्धिले नेपालको माग पूरा गरी भारतलाई विद्युत निर्यात सुरु गरिएको छ ।’
प्रवक्ता शिल्पकारले उत्पादित विद्युतले नेपालको मागलाई पूरा गरि बढी हुन थालेकाले भारतीय रियल टाइम मार्केटमा बेच्न सुरु गरेको बताए । उनले इन्डियन इनर्जी एक्सचेन्जको रियल टाइम दररेट अनुसार बिक्री सुरु भएको बताए ।
प्राधिकरणले भारतलाई नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत निर्यात गरिएको बताए । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुमा उत्पादन कमीभएसँगै भारतबाट महँगो मुल्य विद्युत खरिद गरी नेपालको माग पूरा गरिरहेको थियो ।
तर, नेपालमा मनसुन प्रवेशसँगै विद्युत निर्यात गर्न सुरु गर्दा प्राधिकरणलाई ठूला राहत भएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण