बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक, के-के गर्‍यो निर्णय ?

बुधबार, ०७ जेठ २०८२, १८ : ५०
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतको अध्यक्षतामा बुधबार बैठक बसेको हो । 

बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुका साथै प्रमुख राष्ट्रिय आयोजनाहरुको लागी आवश्यक बजेटको व्यवस्था गरी यसै आर्थिक वर्षको बजेटमा समावेश गर्न माग गरेको छ ।

हुलाकी सडक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको विस्तार तथा सञ्चालन,संरक्षण र बाढी नियन्त्रण, सिक्टा र बागमती कमला सिंचाई आयोजना सहित मुख्य सिंचाई आयोजनाहरु, त्रियुगा नहर पुर्ननिर्माण, उत्तर–दक्षिण सडक आयोजनाहरु, बन्द रहेका आयोजनाहरु पुर्नसञ्चालनका साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकार समक्ष अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । 

त्यस्तै सरकारले संसदमा प्रस्तुत गरेको “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक“ प्रति संङ्घीय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको भन्दै नेपालको संविधानको अनुसूची– ६ अनुसार भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने अधिकार प्रदेशको रहेकोले प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गरी ल्याइएको उक्त विधेयक संविधानको प्रतिकूल र असंवैधानिक समेत रहेको बैठकले ठहर गरेको छ । 

‘भूमिहिन र सुकुम्बासी समस्याको समाधान यो विधेयकबाट हुन सक्दैन । सुकुम्बासीको समस्या समाधान गर्न प्रचलित ऐन नै पर्याप्त रहेको छ । उक्त विधेयक रियल स्टेट, भू–माफिया, भूमि दलाल, भ्रष्टाचारी, वन तस्कर आदिलाई अत्यधिक लाभ पुग्ने गरी ल्याइएको छ । यसबाट वनजंगल विनाश भई पर्यावरण संकट उत्पन्न हुने र जैविक विविधता नष्ट भई तराई/मधेश मरुभूमिकरण हुने, तराई/मधेशमा आन्तरिक बसाइँसराइँका कारण अत्यधिक जनसंख्या वृद्धि भई भयावह स्थिति उत्पन्न हुनेछ । तसर्थ देश र जनताको हितमा नरहेको हुँदा उक्त विधेयकको मोर्चा घोर विरोध गर्दछ र प्रस्तुत विधेयक फिर्ता लिन सरकारसँग अनुरोध गर्दछ,’ सङ्घीय लोकतान्त्रिक मोर्चाले गरेको निर्णयमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप