गोरखामा करेन्ट लागेर एक वृद्धको मृत्यु
बुधबार, ०७ जेठ २०८२, २२ : ०७

समाचार सारांश
- गोरखामा हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।
- भीमसेन थापा गाउँपालिका-४ धावा चौताराका ७० वर्षीय बलराम विकको मृत्यु भएको हो।
- प्रहरीका अनुसार, विकलाई बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको सपोर्ट तारमा करेन्ट लागेको थियो।
गोरखा । हाइटेन्सनको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका ७० वर्षीय बलराम विकको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बारीमा बाख्रा चराउन जानुभएका विकलाई दिउँसो १४ः३० बजे बारीमा गाडिएको हाइटेन्सन लाइनको सपोर्ट तारमा छुँदा करेन्ट लागेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको सुवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव