माओवादीको मध्यपहाडी अभियान गण्डकी प्रवेश

समाचार सारांश
- माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गर्यो।
- बिहीबार बागलुङमा भव्य स्वागत गर्दै टोलीले झन्डै १ साता गण्डकीमा बिताउनेछ ।
- टोलीले बागलुङ, पोखरा लगायतका स्थानमा कार्यक्रम गर्नेछ र त्यसपछि धादिङ जानेछ।
पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण अभियान अन्तर्गत गण्डकी प्रवेश गरेको टोलीले झन्डै १ साता गण्डकीमा बिताउने छ ।
बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदैछ । उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ । शुक्रबार उक्त टोली पोखरा आएर बस्नेछ । पोखरामा शनिबार प्रदेशस्तरीय विशेषसभा आयोजना गरिएको प्रदेश अध्यक्ष गुरुङले बताइन् । त्यसपछि लमजुङ, गोरखा हुँदै टोली धादिङतिर लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव