मधेस प्रदेश
जनमत पार्टीले मधेस सरकारका दुई मन्त्री फेरबदल गर्दै
बिहीबार, ०८ जेठ २०८२, १५ : ५७

जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेको छ। सरकारमा सहभागी भएको करिब एक वर्षपछि पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको हो।
पार्टी सचिवालयका अनुसार हाल प्रदेश सरकारमा समावेश रहेका वन मन्त्री त्रिभुवन साह र उद्योग मन्त्री सकिल अलीलाई फिर्ता बोलाउने तयारी गरिएको छ। उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा नयाँ अनुहार पठाउने तयारी भइरहेको छ।
पार्टी स्रोतका अनुसार अब ती मन्त्रालयमा वसन्त कुशवाहा र सञ्जय यादवको नाम लगभग टुङ्गो लागिसकेको छ। तर, कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।
आज साँझसम्म टुङ्गो लगाएर भोलि शुक्रबार शपथग्रहण गराउने तयारी पार्टीले गरेको छ। पार्टीभित्र आन्तरिक समीकरण तथा कार्यदक्षताका आधारमा मन्त्री फेरबदल गरिएको स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
-
१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म
-
सडकको आकस्मिक अनुगमन गर्दै मन्त्री मास्केले भने - गुणस्तरमा कम्प्रमाइज हुँदैन
-
मार्सको शानदार शतक, गुजरातसामु रनको पहाड
-
अमेरिकी राजदूत मुस्ताङमा
-
सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन : नेपाली फिन्टेकको ऐतिहासिक सुरूवात