देउवाको धारणा भन्दै राजसंस्थाका बारेमा भ्रामक र कपोलकल्पित समाचार प्रकाशित भएपछि...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धारणा भन्दै राजसंस्थाका बारेमा प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेस कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
‘ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट प्राप्त उपलब्धि अर्थात् सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र संवर्द्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको छ,मुख्य सचवि कृष्ण पौडेलद्वारा हस्ताक्षरित जारी प्रेस विज्ञप्तिमा भनिएको छ,कसैले क्षणिक स्वार्थपूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो ।’
सभापति देउवाले कहीँ कतै पनि राजसंस्थाको पक्षमा नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गरेको छ ।
नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहोर्याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई आग्रह गर्दै अव्यक्त कुरा सञ्चारमाध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण