काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरु
सारांश
- काठमाडौंमा 'दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला-२०२५' सुरु भएको छ, जसमा नेपाल, भारत, पाकिस्तान र ताजिकिस्तानका युवाहरू सहभागी छन्।
- कार्यशालाले हरित उद्यमको महत्त्वबारे जानकारी दिने, युवा सशक्तिकरण गर्ने र अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्नेछ, जसले युवाहरूलाई आफ्ना मागहरू राख्न मद्दत गर्नेछ।
- तीन दिने कार्यशालामा जलवायु उत्थानशीलता, युवा सीप विकास, नीति पैरवी, र हरित उद्यमका चुनौतीहरूमा छलफल हुनेछ र अन्तिम दिन घोषणापत्र जारी गरिनेछ।
काठमाडौँ । विभिन्न चार देशका युवा सहभागी ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला–२०२५’ आजदेखि सुरु भएको छ । डिल्लीबजारमा तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान र ताजिकिस्तानका १६ देखि २५ वर्ष उमेर समूहका २६ जना युवा सहभागी छन् ।
कार्यशालामा दिगो भविष्यका लागि हरित उद्यमको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित दक्षिण एसिया क्षेत्रीय युवा कार्यशालाको आयोजना गरिएको कार्यक्रम उपसंयोजक छिरिङ डोल्मा लामाले बताए ।
उनले भने, ‘कार्यशालाले युवालाई अन्तर्राष्ट्रिय नागरिक समाज र सरकारी प्रतिनिधिलाई आफ्ना माग व्यक्त गर्न, दक्षिण एसियामा युवा सञ्जाललाई प्रवर्द्धन गर्न मञ्च प्रदान गरेको छ । यस कार्यशालाले हरित उद्यमको अवस्थाबारे जानकारी आदानप्रदान गर्नेछ ।’
उपसंयोजक लामाले ‘हरित उद्यम र युवा सशक्तिकरणः राम्रो भविष्यका लागि एक पहल’को नारासहित कार्यशालाको आयोजना गरिएको बताए । उनले जलवायु उत्थानशीलता, युवा सीप विकास र नीति पैरवीसम्बन्धी छलफलका साथै विविध विषयमा प्रस्तुतीकरण, अन्तरक्रियात्मक सत्र र नीति निर्माता तथा विज्ञहरूसँग छलफल गरिने जानकारी दिए ।
‘हामीले अन्तिम दिन घोषणापत्र पनि सार्वजनिक गर्ने छौँ, जसलाई सम्बन्धित देशका युवाले सरोकार भएका मन्त्रालय वा हरित उद्यमसम्बन्धी काम गरिरहेका सरकारी निकायमा बुझाउनु हुनेछ । यसले हामीलाई अन्य राष्ट्रमा भइरहेका गतिविधि र कार्यका बारेमा जानकारी गराउने छ । यसबाट हामीले युवालाई हरित उद्यमको चुनौती, हरित उद्यममा कृतिम बौद्धिक (एआई) को प्रयोग, जलवायु परिवर्तन र यसका असरलगायत विविध विषयमा जानकारी दिनेछौँ’, उपसंयोजक लामाले भने ।
उक्त कार्यशालामा नेपालबाट १२, भारतबाट आठ, पाकिस्तानबाट चार र ताजकिस्तानबाट दुई जना युवा सहभागी रहेका छन् । बालबालिका तथा महिला सामाजिक सेवा र मानव अधिकार (सीवीस) र टेरे डेस होम्स (टिडिएच) जर्मनीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठी शनिबार समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण