कारको ठक्करबाट सर्लाहीमा ७० वर्षीया वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीमा कारको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ ।
मलंगवा नगरपालिका वडा नम्बर ८ स्थित कुशुम पार्टी प्यालेस अगाडिको भित्री सडकखण्डमा बिहीबार दिउँसो ३ बजेतिर कारको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।
दिउँसो करिब ३ बजेतिर गोरखकालीतर्फबाट मलंगवातर्फ जाँदै गरेको बीआर ६ एई ९६८८ नम्बरको भारतीय कारले मलंगवा नगरपालिका–३ बस्ने ७० वर्षीया हसिना खातुनलाई ठक्कर दिएको थियो ।
खातुन पैदल हिँडिरहेकी वेला कारले ठक्कर दिँदा उनको दाहिने कुममा गम्भीर चोट लागेको थियो ।
घटनापछि तत्काल उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारका क्रममा करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
ठक्कर दिने कार र चालक मलंगवा नगरपालिका –८ निवासी ३० वर्षीय अमित गुप्तालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरपूर्वमा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
-
१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म
-
सडकको आकस्मिक अनुगमन गर्दै मन्त्री मास्केले भने - गुणस्तरमा कम्प्रमाइज हुँदैन