इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ गर्दै

काठमाडौँ । इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ आयोजना गर्ने भएको छ । भोलि (जेठ ९ गते) बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म काठमाडौँको बागबजारमा रहेको आफ्नै कार्यालयमा ‘टेस्ट प्रिपरेशन बुटक्याम्प ६.०’ आयोजना गर्न लागेको हो ।
आईईएलटीएस, पीटीई, डुयिलिङ्गो, एसएटी–टोफेल परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर बुटक्याम्प आयोजना गरिएको सञ्चालक दीपकराज भुसालले जानकारी दिए । संस्थाको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा परीक्षण बोर्डका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । जसले सहभागीहरूलाई परीक्षण ढाँचा, तयारी सामग्री, तथा अध्ययन गन्तव्य सम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ ।
कार्यक्रममा ब्रिटिस काउन्सिलका रिलेसनसिप अफिसर विवेक लिम्बु, नेपाल र भुटान क्षेत्रीय विकास प्रबन्धक सुमनकृष्ण श्रेष्ठ , टोफेलका वरिष्ठ सल्लाहकार, सौरव श्रेष्ठ, आईईएलटीएस, पीटीई, डुयिलिङ्गो, एसएटी/टोफेलका अनुभवी प्रशिक्षक राजेन्द्र केसी लगायतले जानकारी दिनेछन् ।
कार्यक्रममा नेभिगेट कन्ट्री सत्र, पीटीई/आईएलटीएस परीक्षणको संरचना, रणनीति र अभ्यास विधिबारे समेत जानकारी गराइने भुसालले बताए । कार्यक्रममा सहभागी हुनेहरूका लागि रिचार्ज कार्ड, चलचित्रको टिकट र उपहार ह्याम्परहरू पनि प्रदान गरिनेछ ।
साथै, इनलाइटनको वार्षिकोत्सव अवसरमा ३० प्रतिशत छुट समेत दिइनेछ । विद्यार्थी, अभिभावक तथा अन्तर्राष्ट्रिय शिक्षा र परीक्षणप्रति रुचि राख्ने सबैलाई यो उपयोगी कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु
-
राजेश हमाललाई शुभकामना दिँदै दीपकराजले भने– ‘संस्कार मैले राम्ररी बुझेको छु ’
-
दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला
-
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा उप्रेती नियुक्त
-
१० बजे १० समाचार : आन्दोलनअघि ज्ञानेन्द्रको ‘मिटिङ’देखि स्वार्थको खेलमा मुख्यसचिवसम्म