मार्सको शानदार शतक, गुजरातसामु रनको पहाड
सारांश
- मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले लखनउले गुजरातलाई जितका लागि २३६ रनको लक्ष्य दियो।
- मार्सले ११७ रन बनाए भने निकोलस पूरनले ५६ रनको योगदान दिए।
- गुजरात प्लेअफमा पुगिसकेको छ भने लखनउ उपाधि होडबाट बाहिरिएको छ, गुजरात अंक तालिकामा पहिलो स्थानमा छ।
अहमदाबाद । मिचेल मार्सको शानदार शतकको मद्दतले लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदादबादको नरेन्द्र मोदी स्टेडियममा बिहीबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको हो ।
मार्सले ६४ बलको सामना गर्दै सर्वाधिक ११७ रनको योगदान दिए । उनले १० चौका र ८ छक्का प्रहार गरे । मार्ससँग मिलेर एडेन मार्क्रमले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरे । मार्क्रमले २४ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतले ३६ रन बनाए ।
निकोलस पूरनले ५६ रनको महत्त्वपूर्ण योगदान दिए । आफ्नो इनिङ्समा उनले ४ चौका र ५ छक्का प्रहार गरे । उनी र मार्सले मात्र ५२ बलमा १२१ रन जोडे । अन्त्यतिर कप्तान ऋषभ पन्तले तीव्र गतिमा रन बनाउँदै १६ रन जोडे । गुजरातका लागि साई किशोर र अर्सद खानले १–१ विकेट लिए ।
गुजरात र लखनउ दुवैले आफ्नो १३औँ खेल खेल्दैछन् । गुजरात प्ले–अफ चरणमा पुगिसकेको छ भने लखनउ यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । गुजरात हाल अङ्क तालिकाको पहिलो स्थानमा आसीन छ ।
गुजरातले १२ खेलबाट १८ अङ्क बटुलेको छ । गुजरातले नौ जित र तीन हारको नतिजा निकोलेको छ । गुजरात यो खेलमा लखनउलाई हराउँदै तालिकामा आफ्नो स्थान अझ मजबुत बनाउने धुनमा रहने छ ।
अर्कोतिर, लखनउले जारी सिजनको आईपीएलमा मिश्रित प्रदर्शन गरेको छ । लखनउ हाल १२ खेलबाट १० अङ्क बटुल्दै तालिकाको सातौँ स्थानमा आसीन छ । लखनउले पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ ।
जारी सिजनको आईपीएलमा गुजरात र लखनउ दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा लखनउले गुजरातलाई ६ विकेटले हराएको थियो । त्यसैले बिहीबार गुजरातको टोली लखनउसँग अघिल्लो हारको बदला लिने धुनमा पनि रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण