भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव सहितको मृत्यु घटनाको भर्त्सना
काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशव राव ‘बसवराजु’ लगायत दर्जनौँको मृत्यु घटनाकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (बहुमत) ले भर्त्सना गरेको छ ।
यही जेठ ७ गते भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव बसवराजु लगायत दर्जनौँको भारतीय सत्ताको दोहोरो मुठभेडको नाममा हत्या गरिएको थियो । शुक्रबार सोही घटनाको भर्त्सना गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्व भक्त दुलाल‘आहुती’ र नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेका हुन् ।
‘हामी नेपालका दुई कम्युनिस्ट पार्टीहरू भारतीय सत्ताले गरेको यसप्रकारको फासिस्ट घटनाको घोर भर्त्सना गर्न चाहन्छौँ । र, यस घटनाबाट भाकपा (माओवादी) मा हुन गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कमरेड बसवराजु लगायत सबै सहिदको असीम स्मरण गर्न चाहन्छौँ,’ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्युनिस्ट आन्दोलन कमजोर भइरहेको परिप्रेक्ष्यमा ४ दशकदेखि अविच्छिन्न भाकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धले आज पनि वर्ग सङ्घर्षको महत्वलाई थप पुष्टि गराइरहेको विज्ञप्तिमा भनिएको छ ।
भाकपा (माओवादी) ले वार्ताको सार्वजनिक अपिल गरिरहेको बखत सामान्य पुँजीवादी अन्तर्राष्ट्रिय मानव अधिकारका न्यूनतम मान्यतालाई पनि लत्त्याएर भारतीय शासकले गरेको हर्कतले भारतीय सत्ता र भू-मण्डलीकृत पुँजीवाद कति क्रूर र हत्यारा छ भन्ने छर्लङ्ग पारेको जारी विज्ञप्तिमा उल्लेख छ ।
छत्तीसगढको घना जंगलभित्र भारतीय सेनासँग भएको मुठभेडमा महासचिव बसवराजुसहित मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण