राममाया रानाभाटसँग प्रधानमन्त्रीको भेट

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पोखरा महानगरपालिका–१६, दीपमा बसोबास गर्दै आएकी ८३ वर्षीया राममाया रानाभाटसँग भेट गरेका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना संघर्षकालीन स्मृतिहरू ताजा भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, “निरङ्कुश पञ्चायती शासनकालमा मलाई बिना अभियोग थुनिएको अवस्थामा २०३९ साल माघ ३ गते काठमाडौंको नख्खु जेलबाट पोखरा कारागार सारिएको थियो। अभियोग केही थिएन, शान्ति सुरक्षा खलल पार्ने आशंका भनिएको थियो ।”
पोखरा कारागारमा तीन वर्ष थुनिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, “त्यस कठिन समयको दौरानमा राममाया दिदी मलाई समय समयमा खाना लिएर भेट्न आउनुहुन्थ्यो। उहाँले मलाई ‘बाबू’ भनेर सम्बोधन गर्नुहुन्थ्यो। त्यो माया र सहानुभूति मेरो जीवनमा अमिट रहँदै आएको छ।”
शुक्रबार पोखरा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राममाया रानाभाटसँग पुनः भेट गरेका हुन् । “आज पोखरा जाँदा उहाँसँग फेरि भेट भयो। सञ्चो–बिसञ्चोको कुराकानी भयो। यसअघि पनि पोखरा आउँदा उहाँसँग भेट भएको थियो। उहाँसँग पुनः भेट हुन पाउँदा हर्षित भएको छु,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट