राममाया रानाभाटसँग प्रधानमन्त्रीको भेट
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पोखरा महानगरपालिका–१६, दीपमा बसोबास गर्दै आएकी ८३ वर्षीया राममाया रानाभाटसँग भेट गरेका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना संघर्षकालीन स्मृतिहरू ताजा भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, “निरङ्कुश पञ्चायती शासनकालमा मलाई बिना अभियोग थुनिएको अवस्थामा २०३९ साल माघ ३ गते काठमाडौंको नख्खु जेलबाट पोखरा कारागार सारिएको थियो। अभियोग केही थिएन, शान्ति सुरक्षा खलल पार्ने आशंका भनिएको थियो ।”
पोखरा कारागारमा तीन वर्ष थुनिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, “त्यस कठिन समयको दौरानमा राममाया दिदी मलाई समय समयमा खाना लिएर भेट्न आउनुहुन्थ्यो। उहाँले मलाई ‘बाबू’ भनेर सम्बोधन गर्नुहुन्थ्यो। त्यो माया र सहानुभूति मेरो जीवनमा अमिट रहँदै आएको छ।”
शुक्रबार पोखरा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राममाया रानाभाटसँग पुनः भेट गरेका हुन् । “आज पोखरा जाँदा उहाँसँग फेरि भेट भयो। सञ्चो–बिसञ्चोको कुराकानी भयो। यसअघि पनि पोखरा आउँदा उहाँसँग भेट भएको थियो। उहाँसँग पुनः भेट हुन पाउँदा हर्षित भएको छु,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण