माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

समाचार सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूले बागलुङमा जनयुद्धका सहिद र बेपत्ताजनका परिवारसँग भेटघाट र सम्मान गरे।
- मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियान अन्तर्गत बागलुङमा विभिन्न कार्यक्रमहरू आयोजना गरियो, जसमा सहिद परिवारलाई सम्मान गरियो।
- अभियान टोलीले बागलुङपछि पर्वत हुँदै कास्कीमा जनसभा गर्ने र गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार जनसभा आयोजना गर्नेछ।
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतले जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन् ।
शुक्रबार बागलुङका सहिद डिल्लीप्रसाद शर्माको घरमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष दाहालले सहिद र बेपत्ताजनका आफन्तलाई सम्मान गरेका छन् । अध्यक्ष दाहालसहितका नेताहरूले सहिद परिवारका सदस्यसँगै बसेर खाजा खाएका थिए । त्यसअघि जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए ।
अभियान टोली बिहीबार बागलुङ आइपुगेको थियो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा जनसभाको आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिए ।
ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरिएको थियो । अभियानटोली आज बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको छ । अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन् ।
अभियानअन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा हुने जनाइएको छ । माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट उक्त अभियान सुरू गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव